उपसभामुखमा हाम्रो दाबी रहन्छ, तर रास्वपासँग कुनै कुरा भएको छैन : प्रचण्ड

उपसभामुखमा हाम्रो दाबी रहन्छ, तर रास्वपासँग कुनै कुरा भएको छैन : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

कार्य संयोजन समितिको बैठकमा सहभागी हुन पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका प्रचण्डले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘उपसभामुखमा हाम्रो दाबी हुन्छ। तर, अहिलेसम्म मेरो रास्वपासँग त्यस्तो कुनै कुरा भएको छैन ।’ उपसभामुखमा नेकपासहित कांग्रेस, श्रम संस्कृति र राप्रपाको पनि दाबी छ ।