गृहमन्त्री गुरुङद्वारा रोशी क्षेत्रकाे निरीक्षण

गृहमन्त्री गुरुङद्वारा रोशी क्षेत्रकाे निरीक्षण



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि मन्त्री गुरुङ उक्त क्षेत्रको प्रत्यक्ष अवलोकनमा पुगेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने अपेक्षा गरिएको छ ।