काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राई, विकास आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले शपथ लिएका हुन् ।
सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा हिजाे बसेका समिति बैठकमा दलहरूबीचको सहमतिका आधारमा एक/एक उम्मेदवारको प्रस्ताव परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका थिए ।


प्रतिक्रिया