स्वीस बैंकमा नेपालीको पैसा भए/नभएको अनुसन्धानमा सहयोग गर्न राजदूतलाई गृहमन्त्रीको आग्रह

स्वीस बैंकमा नेपालीको पैसा भए/नभएको अनुसन्धानमा सहयोग गर्न राजदूतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालीहरूले पैसा राखे/नराखेको विषयमा चासो व्यक्त गरेका छन् ।

बुधबार नेपालस्थित स्वीटजरल्याण्डका राजदूतसँगको भेटमा मन्त्री गुरुङले चासो व्यक्त गरेका हुन् ।

उनले अवैध रुपमा आर्जन गरेको नेपालीहरूको पैसा त्यहाँ रहे/नरहेको विषयमा अनुसन्धान हुने संकेत गर्दै सहयोग गर्न राजदूतलाई आग्रह पनि गरेका छन् ।