काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ । हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले बताए ।
उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।
ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गएको सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।
ओली र लेखकलाई पछिल्लो पटक थपिएको ५ दिनको म्याद गएराति सकिएसँगै आज रिहा गरिएको हो । ओली र लेखकलाई प्रहरीले गएको १४ गते पक्राउ गरेको थियो ।
१३ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरैसँगै प्रहरीले भोलिपल्ट ओली र लेखकलाई घरबाटै पक्राउ गरेको थियो ।


प्रतिक्रिया