काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न नमिल्ने अस्पतालले जनाएको छ । हाल उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिँदा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाएर छाडिसकेको छ ।
ओलीको पित्तथैलीमा समस्या देखिएको छ । पिसाबमा पनि संक्रमण रहेको अस्पतालले जनाएको छ । अझै केही दिन अस्पतालमा चिकित्सकको निगरानीमा राख्नुपर्ने अस्पतालले बताएकाे छ ।


प्रतिक्रिया