काठमाडौं । उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई विपक्षमा रहेका मुख्य तीन दलले समर्थन गर्ने भएका छन् । कांग्रेस, एमाले र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सघाउने निर्णय गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपभामुखमा आफ्नो दलले महिला उम्मेदवार उठाउने घोषणा यसअघि नै गरेका थिए ।
यसैबीच श्रम संस्कृतिले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ । सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । तर दिउँसो साढे १२ बजेसम्म कसैको उम्मेदवारी दर्ता भएको छैन ।


प्रतिक्रिया