काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुख पदमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षी दल राप्रपालाई समर्थन गर्ने भएको छ ।
रास्वपा सभापति रवि लामिछानेले राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेर उपसभामुख पदमा राप्रपालाई सहयोग गर्ने बताएका हुन् ।
नेता शाहीले भने, ‘रास्वपा सभापतिजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेदवारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ,’
रास्वपा उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते निर्विरोध रूपमा सभामुख भएका थिए । एकै दलबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने भएकाेले
उपसभामुख पदमा रास्वपाले राप्रपालाई समर्थन गर्न लागेको हो । आज उपसभामुख पदका लागि मनोनयन हुँदैछ ।
राप्रपाले सरस्वती तामाङलाई उपसभामुख उम्मेदवार बनाउने तयारी गरेको छ । उनी नेता बुद्धिमान तामाङकी श्रीमती हुन् भने समानुपातिक तर्फबाट सांसद भएकी थिइन् ।


प्रतिक्रिया