काठमाडाैं । उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिएका छन् ।
श्रम संस्कृतिबाट सांसद रूविकुमारी ठाकुर र राप्रपाबाट सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवार छन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई सघाउने भएको छ । श्रम संस्कृतिबाट सांसद आरेन राई प्रस्तावक र रास्वपा सांसद कविन्द्र बुर्लाकोटी समर्थक रहेर उपसभामुख पदमा ठाकुरको उम्मेदवारी परेको छ । लामाको भने प्रस्तावक र समर्थक राप्रपाकै छन् ।
यसअघि आजै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाले उपसभामुख पदमा राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने बताएका थिए ।
रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको रास्वपा महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
त्यसैगरी विपक्षमा रहेका मुख्य तीन दल कांग्रेस, एमाले र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सघाउने निर्णय गरिसकेका छन् ।


प्रतिक्रिया