काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा उमेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको प्रतिक्रिया दिएकी छन् ।
उमेदवारी दर्तापछि बिहीबार सञ्चारकर्मीसँग कुराकानीका क्रममा रुवीले आफूलाई ठूलो जिम्मेवारी दिए पनि पूरा गर्न सक्ने बताइन् । देशका लागि आफूले सकेको सबै गर्ने उनको भनाइ छ । भुँइको मान्छेलाई पार्टीले यति छिटै ठूलो तहमा पुर्याएको उनले बताइन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राइज दिएको दिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरूले पनि समर्थन गरेर सरप्राइज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडि बढाउन उहाँहरूले सहयोग गर्नुभएको होला । म अध्यक्षज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु । म भुँइको मान्छेलाई यति माथिसम्म पुर्याउनुभयो । मैले कल्पना पनि गरेको थिइनँ यहाँसम्मको लागि । मलाई खुसी लागिरहेको छ, मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छु, सधै साथ दिन्छु ।’


प्रतिक्रिया