काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी र त्यसको सट्टापट्टा गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्ति र तस्करहरूको मिलेमतोमा करिब साढे ८ किलो सुन चोरी-निकासी र हिनामिना गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया