काठमाडौं । कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ । रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ । कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
यद्यपि, ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाउन चाहेन । साथै, उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।
आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया