काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ४५ अंकले घटेर २ हजार ८३७ दशमलव ७८ विन्दुमा झरेको छ ।
आज जलविद्युत् र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा लगानी, अन्य र व्यापार समूहको सूचक १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज २०९ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । यस्तै ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज एनआईसी एशिया ब्यालेन्स्ड फन्डको शेयर सबैभन्दा धेरै ४ दशमलव १७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीको २ करोड १० लाख कित्ता शेयर ८ अर्ब ९९ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया