तत्काल स्वदेश फर्किन देउवा दम्पतीलाई विश्वप्रकाशको आग्रह

तत्काल स्वदेश फर्किन देउवा दम्पतीलाई विश्वप्रकाशको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई स्वदेश फर्किएर अनुसन्धानलाई सघाउन आग्रह गरेका छन् । शुक्रबार गण्डकी प्रदेशको चुनावी समीक्षा बैठकमा बोल्दै उनले सरकारलाई अनुसन्धान निष्पक्ष गर्न पनि आग्रह गरेका छन् ।

पार्टीका सदस्य र पत्रकारले देउवा दम्पतीको मुद्दाबारे कांग्रेसको धारणा के हो ? भनेर सोध्ने गरेको उनले बताए । यसबारेमा पार्टीको दुई आग्रह रहेको शर्माले बताए ।

‘पहिलो देश फर्किएर कानुनी प्रक्रियालाई सघाउन निवर्तमान सभापति शेरबहादुर देउवा र डा आरजु देउवालाई पार्टीको सुझाव छ । उहाँहरूसमक्ष पार्टीको यो सन्देश हामीले पठाइसकेका छौँ,’ उनल भने, ‘दोस्रो कुनै पनि पूर्वाग्रह नराखेर अनुसन्धान र व्यवहार गर्न सरकारलाई कांग्रेसको आग्रह छ ।’