अबको केही दिन धेरै ठाउँको मौसम सफा

अबको केही दिन धेरै ठाउँको मौसम सफा



काठमाडौं । अबको केही दिन देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविदले बताएका छन् ।

तर प्रिमनसुनको बेला भएकाले दिउँसो र बेलुकीपख केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना भने रहेको मौसमविदहरुको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।