महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैन : पूर्णबहादुर खड्का

महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैन : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था गरेको अवस्थामा बाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन् ।

कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै खड्काले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको उल्लेख गरेका छन् ।

खड्काले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु वदनियतपूर्ण भएको पनि उल्लेख गरेका छन् ।