शल्यक्रियापछि ओलीको स्वास्थ्य अवस्था स्थिर

शल्यक्रियापछि ओलीको स्वास्थ्य अवस्था स्थिर



काठमडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको छ । सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो ।

अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार, ओलीको अवस्था अहिले स्थिर छ । “उहाँलाई अप्रेसन भइसकेको छ, अहिले स्वास्थ्य अवस्था स्थिर छ,” रोस्याराले भने ।

ओलीको पित्तथैलीमा समस्या देखिएपछि डा. पल्लेस्वाँ जोशी लाखेको नेतृत्वमा शल्यक्रिया गरिएको हो ।