शेयर बजार आज सामान्य घट्याे

शेयर बजार आज सामान्य घट्याे



काठमाडौं । २०८२ सालकाे अन्तिम दिन शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव १८ अङ्कले घटेर २ हजार ८३३ दशमलव ६० विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक १ दशमलव ६२ प्रतिशतले ओरालो लागेको छ । आज १५३ वटा कम्पनीको शेयर घटेकोमा १०५ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज उन्नति नेपाल लघुवित्तको शेयर सबैभन्दा धेरै ३ दशमलव ६० प्रतिशतले घटेको छ । समग्रमा बजार बढेको दिन सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिज लाइन इनर्जी, शिखर पावर डेभलपमेन्टको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ३४२ वटा कम्पनीका २ करोड १ लाख कित्ता शेयर ८ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।