काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्तिमा धेरैले आलोचना गरेपछि गरिब भएर जन्मनु गल्ती नभएता पनि गरिब भएर मर्नु गल्ती भएको भन्ने पोस्ट हटाएका छन् ।
‘के पाइस् नेपाली केरा’ बोलको गीतलाई पृष्ठभूमिमा बजाएर गुरुङले लेखेको पोस्ट पनि उनको आफ्नै भनाई भने होइन । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सको भनाइ साभार गरेका थिए । तर, उनले साभार भएको जनाएका थिएनन् ।
गृहमन्त्री गुरूङले ६१ लाख बैंक ब्यालेन्स, ८९ तोला सुन, ४ करोड बढीको सेयर, ४७ लाखको गाडी अनि हदबन्दीभन्दा ठूलो परिमाणको जग्गा परिवारको देखाएका थिए । त्यसमा चौतर्फी आलोचना भएको थियो । आलोचनापछि उनले फेसबुकमा पोस्ट गरेको स्टोरी हटाएका छन् ।


प्रतिक्रिया