डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्

डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्



काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाइ इन्धन आन्तरिकतर्फको भाउ बढाएको छ ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । डिजेल र मट्टितेलको प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ भाउ बढेको हो ।

अब डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गमा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २५६ रुपैयाँ भएको छ ।