काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा बादल लाग्ने महाशाखाले जनाएको जनाएको छ ।
बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए पनि तराइमा मौसम सफा रहने विभागले जनाएको छ ।
साथै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया