काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
गौशालामा रहेकाे कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले आज डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरू भत्काउने कार्य पुनः शुरू गरेको बताए ।
पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनका लागि बनाइएका टहरा भत्काइएको उनको भनाइ छ ।


प्रतिक्रिया