जन्ती चढेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो, १४ जना घाइते

जन्ती चढेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो, १४ जना घाइते



काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालाको भित्री सडकखण्डमा जन्ती चढेको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ज ०२७१ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

सुर्खेतको मेहलकुनामा रहेको अस्पतालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।