एम्बुलेन्सको ठक्करबाट हजुरबा र नातीको मृत्यु, दुई घाइते

एम्बुलेन्सको ठक्करबाट हजुरबा र नातीको मृत्यु, दुई घाइते


ग्लोब नेपाल
0
Shares

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर जाँदै गरेको कोहलपुरस्थित सिर्जनशील टोल विकास संस्थाद्वारा सञ्चालित लुम्बिनी प्रदेश बा–०–३०५ नम्बरको एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति (छोरीका छोरा) ९ वर्षीय रिहान्स खरेलको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बर्दिया प्रहरीका इन्स्पेक्टर प्रकाशसिंह कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार एम्बुलेन्सको ठक्करबाट मृतक लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन् ।