काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार नेपाल बीमा प्राधिकरणबाट प्राप्त सूचनाका आधारमा उक्त कम्पनीको संलग्नतामा बीमा ऐनको दफा १४० को उपदफा ९ (१०) को खण्ड (६) सम्बन्धी उल्लंघन भएको आशंका व्यक्त गरिएको थियो। सोही विषयलाई आधार मानी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।
यसक्रममा जिल्ला अदालत काठमाडौँबाट सोमबार पक्राउ पुर्जी जारी भएपछि मंगलबार कागेश्वरी मनोहरा नगरपालिका-५ क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
घटनासम्बन्धी आवश्यक कागजात संकलन तथा अन्य पक्षमाथि समेत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया