पशुपति क्षेत्रका अतिक्रमण संरचना हटाइयो

पशुपति क्षेत्रका अतिक्रमण संरचना हटाइयो


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ अन्तर्गत पशुपति क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरिएको छ।

महानगरपालिकाले शनिबारदेखि सुरु गरेको अभियानअन्तर्गत आइतबार पनि अतिक्रमणमा बनेका संरचना हटाउने कामलाई निरन्तरता दिएको हो।

सार्वजनिक उपयोगका लागि छुट्याइएको जमिन संरक्षण, क्षेत्र व्यवस्थापन र अवैध निर्माण नियन्त्रण गर्ने उद्देश्यसहित उक्त कदम चालिएको जनाइएको छ।