काठमाडौँ । दैलेखस्थित भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चेक अनादरसम्बन्धी मुद्दा दर्ता भएपछि शाही शुक्रबार प्रहरी सम्पर्कमा आएकी थिइन्। उनीविरुद्ध ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको आरोपमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद अनुमति लिइएको छ। हाल उक्त प्रकरणमा अनुसन्धान जारी रहेको जनाइएको छ।


प्रतिक्रिया