धादिङको बैरेनीमा बस दुर्घटना, १२ जना घाइते

धादिङको बैरेनीमा बस दुर्घटना, १२ जना घाइते


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुई वटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

गए राति काठमाडौँबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका बस आपसमा ठोक्किएका हुन् । घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो । आपसमा ठोक्किएका बस र घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरले जनाएको छ ।