तरहराको जंगलमा नवजात शिशु फेला

तरहराको जंगलमा नवजात शिशु फेला


ग्लोब नेपाल
0
Shares

सुनसरी । शनिबार बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउमा नवजात शिशु देखिन ।

नजिक पुगेर हेर्दा त्यहाँ भर्खरै जन्मिएको एक नवजात शिशु एक्लै छोडिएको अवस्थामा थियो । चिसो हावा, सुनसान जंगल र असहाय अवस्थाको त्यो दृश्य हृदयविदारक थियो ।

ती महिलाले तत्काल प्रहरीलाई खबर गरिन् । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अत्यन्त सावधानीपूर्वक नवजात शिशुको उद्धार गरेको थियो ।

उद्धारपछि शिशुलाई उपचारका लागि इटहरी अस्पताल लगिएको थियो । चिकित्सकहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि शिशुको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । समयमै उद्धार भएकाले सम्भावित जोखिम टरेको भन्दै स्थानीयले राहत महसुस गरेका छन् ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ । इटहरी ४ मा रहेको आश्रममान शिशुले संरक्षण, स्याहार र माया पाउने विश्वास गरिएको छ।