विराटनगर । मोरङको लेटाङमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकमा जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे४प ७४६ नम्बरको मोटरसाइकल राति करिब साढे १० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारीका करिब २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।
घाइतेमध्ये कुमारको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा मृत्यु भएको प्रहरीले जनाएको छ । सन्देशको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । अमरको भने न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया