काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा गैरकानुनी रूपमा रकम विदेश पठाइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
अर्याललाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले शुक्रबार बिहान पक्राउ एक प्रहरी अधिकृतले जानकारी दिए ।पक्राउबारे प्रहरीले औपचारिक जानकारी भने दिइएकाे छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका बेला बेस्टिनेट कम्पनीलाई रकम विदेश पठाउन अनुमति दिने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनी अनुसन्धानमा तानिएका हुन्। उनको पक्राउ पुर्जी हिजो जारी भएको थियो ।
अर्याल २०७९ सालमा शेरबहादुर कुँवर श्रममन्त्री हुँदा मन्त्रालयको सचिव थिए। त्यतिबेला सहसचिव र सचिव हुँदै मन्त्रीसमक्ष प्रस्ताव पेस गरी कम्पनीलाई रकम पठाउन अनुमति दिने निर्णय भएको थियो।
यस प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित अन्य उच्चपदस्थ कर्मचारी पनि पक्राउ परिसकेका छन्। अर्याल २०८१ सालमा मुख्यसचिव नियुक्त भएका थिए। उनले गत वर्ष अवकाश पाएका थिए।


प्रतिक्रिया