प्रहरी कर्मचारीलाई ५० लाखसम्म घर कर्जा

काठमाडौँ । नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा विभिन्न कर्जा सुविधा पाउने भएका छन्। नेपाल प्रहरी र बैंकबीच तलबी बचत खाता सञ्चालन, पेन्सन वितरण तथा कर्जा प्रवाहसम्बन्धी समझदारी थप पाँच वर्षका लागि नवीकरण भएसँगै यस्तो सुविधा निरन्तर हुने भएको हो। नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर…