कुवेतका अमिरको निधन, भारतमा राजकीय शोक

कुवेतका अमिरको निधन, भारतमा राजकीय शोक


ग्लोब नेपाल
675
Shares

नयाँदिल्ली । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि सरकारले आइतबार एकदिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूलाई पठाएको सन्देशमा डिसेम्बर १७ मा राज्य शोकमा भारतभर राष्ट्रिय झण्डा आधा झुकाइने र कुनै आधिकारिक मनोरञ्जन कार्यक्रम नहुने बताएको छ।

यसमा भनिएको छ, ‘कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको डिसेम्बर १६, २०२३ मा निधन भयो।ू ूमृतकको सम्मानको प्रतीकको रूपमा, भारत सरकारले डिसेम्बर १७ मा एक दिनको राजकीय शोक गर्ने निर्णय गरेको छ।’

‘शोकको दिन, भारतका सबै भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ जहाँ नियमित रूपमा राष्ट्रिय झण्डा फहराइन्छ र त्यस दिन कुनै आधिकारिक मनोरञ्जन कार्यक्रम हुनेछैन,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतका शासक अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा शोक व्यक्त गरेका छन्। पीएम मोदीले टविटरमा भनेका छन, ‘शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनको बारेमा थाहा पाउँदा गहिरो दुःख लाग्यो। हामी शाही परिवार र कुवेतका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।’