काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन् । सोमबार भएको खेलमा धनगढी र काठमाडौंले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बराबरीका बाबजुत धनगढी तालिकाको शीर्ष स्थानमा यथावत छ ।
अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा नै अग्रता दिलाएका थिए ।
डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए । त्यसमा काठमाडौंका आन्द्रेस नियाले आफ्नो साथीलाई ब्याक पास दिएका थिए । तर हिजाजीले बल पाए र उनले काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठ अघि बढेको मौकामा बक्सभित्रबाट भली प्रहार गर्दै गोल गरे ।
तर ६५औं मिनेटमा काठमाडौंले बराबरी गोल फर्काएको थियो । धनगढीका रोहन कार्कीले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो ।
प्रतिक्रिया