काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट आज बुधबार काठमाडौं आएको एक विमानको शौचालयमा नवजात शिशुको शव भेटिएको छ । आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।
नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । घटनाको प्रकृति हेर्दा ‘मिस्ड क्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन् । उनलाई अस्पताल पठाइएको पनि उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया