रत्नपार्कमा मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच कुर्सी हानाहान

रत्नपार्कमा मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच कुर्सी हानाहान



काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजिज कार्यक्रममा धकेलाधकेल र कुर्सी हानाहान भएको छ ।

माओ दिवसको अवसरमा रत्नपार्क शान्ति बाटिकामा आयोजित क्रान्तिकारी युवा संगठनले आयोजना गरेको वृहत लाल मार्चपासका कारण सडक अवरोध भएपछि प्रहरीले बाटो खुलाउन खोज्दा लफडा भएको हो ।

प्रहरीले सडक खुलाउन खोज्दा कार्यक्रममा सहभागी युवाहरूले अवरोध गरेका थिए । सोक्रममा प्रहरीसँग कुर्सीसमेत हानाहान भएको हाे । केही समय कार्यक्रम बिथोलिएको थियो ।