सर्वोच्चद्वारा गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

सर्वोच्चद्वारा गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश जारी



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

रिट निवेदकमध्येका अधिवक्ता दीपकराज जोशीका अनुसार अहिलेसम्म आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन ।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।