कांग्रेस मधेस समितिद्वारा सात नेताको नाम सिफारिस

कांग्रेस मधेस समितिद्वारा सात नेताको नाम सिफारिस



काठमाडौँ । नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि सात जना नेताको नाम सिफारिस गरेको छ । समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरेको मधेशका कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगाना र दोस्रो स्थानमा सहमहामन्त्री फरमुल्लाह मन्सुरकाे नाम राखेर पठाइएको छ ।

त्यसैगरी मधेस प्रदेशले प्राथमिकताक्रम सहित पठाएका अन्य नाममा नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायत छन् । ८ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको प्रचार प्रमुख गुप्ताले जानकारी दिए ।

११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरेको छ । हालसम्म २७ जना केन्द्रीय सदस्यको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना सांसदका लागि उम्मेदवारी दर्ता २३ पुसलाई तोकिएको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको पद पनि खाली हुँदैछ ।