बालकुमारी घटना छानबिन गर्ने उच्चस्तरीय आयोग बनाउने गठबन्धनमा सहमति

बालकुमारी घटना छानबिन गर्ने उच्चस्तरीय आयोग बनाउने गठबन्धनमा सहमति



काठमाडौँ । सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट आयोग गठनको निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

दुईजना युवाको मृत्यु हुने गरी भएको घटना र त्यहाँ भएको प्रदर्शनलगायतका विषयमा छानबिन गर्न यसअघि गृहमन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिमाथि प्रश्न उठाइएको थियो ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको बाहिर प्रदर्शन गरेका थिए ।