काठमाडौँ । राष्ट्रियसभाको सीट भागबन्डाको लागि बसेको सत्ता गठबन्धनको बैठक भोलि बिहान ९ बजे बस्ने गरी सकिएको छ ।
गठबन्धनकाे बैठकलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनसँग राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ ।
सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन ।
यसअघि हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ । सोहीअनुसार अहिले गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्डले ओलीलाई पनि सीट भागबन्डाको विषयमा छलफल गर्न बालुवाटार डाकेका हुन् ।
एमालेसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।


प्रतिक्रिया