भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त

भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त



थिम्पु (भुटान) । भुटानमा सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका लिबरल पिपुल्स डेमोक्रयाटिक पार्टी (पीडीपी) ले मङ्गलबारको निर्वाचनमा ४७ मध्ये ३० सिटसहितको जनमत प्राप्त गरेको निर्वाचन आयोगले बुधबार जनाएको छ ।

भुटानी मतदाताले छिरिङ तोब्गेलाई दोस्रो पटक प्रधानमन्त्री बन्न आवश्यक भारी समर्थन दिएका हुन् ।

पछिल्लो समय गम्भीर आर्थिक चुनौतीहरूको प्रभावका कारण यस चुनावमा हिमालयन राज्यको विकासका कारण प्राप्त ‘समग्र राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने लामो समयदेखिको नीतिमाथि प्रश्न उठेको थियो ।

भुटान विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । उनीहरूले रणनीतिक रूपमा विवादित सीमा क्षेत्रमा मतदानलाई निकै चासोका साथ हेरेका थिए ।

भुटानको प्रमुख व्यापारिक साझेदार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका पूर्वप्रधानमन्त्री तोब्गेलाई निर्वाचनमा प्राप्त भारी समर्थनपछि भनेका छन्, “मेरा मित्र तोब्गेलाई हार्दिक बधाई छ !”

जवाफमा टोब्गेले मोदीलाई सामाजिक सञ्जालबाट नै ‘हार्दिक आभार’ प्रकट गरेका छन् ।

टोब्गेले बुधबार एक्समा एक सन्देशमा लेखेका छन्, “म पनि हाम्रा राष्ट्रहरूबीच रहेको मित्रता र सहयोगको अद्वितीय बन्धनलाई बलियो बनाउन तपाईंसँग फेरि नजिकबाट काम गर्न उत्सुक छु ।”

पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका र हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका ५८ वर्षीय तोब्गे पूर्व सरकारी कर्मचारी हुन् ।

वर्तमान् राजाको शासनकाल सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसद्मा टोब्गे विपक्षी दलका नेता पनि थिए ।