काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले यहि पौष २६ गते, बिहिबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले आ.व. २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण सभामा आ.व. २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको यस बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।
यस बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।
प्रतिक्रिया