गरिमा विकास बैंकद्धारा ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजानिक

गरिमा विकास बैंकद्धारा ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजानिक



काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा ‘5 In 1’ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 5 In 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १०००/- मा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,Web बैकिङ्ग, ATM, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट ,सेयर ट्रेडिङ (TMS) र मेरो शेयर खाता साथै Locker Facility मा ५०% प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ ।यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । यस बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।