आइएमई पे एपमा रु. १ को खेल-उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु

आइएमई पे एपमा रु. १ को खेल-उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले यहि माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु। १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट( अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट ०४ माघ देखि ०८ माघ, २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्नेछन् ।