पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्ने बताएका छन् । सोमबार कांग्रेसको दोस्रा पर्वत जिल्ला सम्मेलनमा उनले पार्टीभित्र मिलेर काम गर्नुपर्ने बताए ।
पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए । ‘एकले अर्काको खुट्टा तानेर सफल भइँदैन, मिलेर काम गर्नुपर्छ । फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौं’ देउवाले भने ।
उनले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने बताए । ‘चुनौतीहरू सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो । राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ,’ उनले भने ।
उनले भने, ‘अहिले कांग्रेससामु चुनौतीको सामना गर्दै अवसर सदुपयोग गर्दै अघि बढ्न सकेन आगामी दिनमा बलियो बन्न सक्छौं । अहिले एक भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ । एक बहुमत नभएपनि त्यसको हाराहारीमा ल्याउन सक्छौं । सबैले टिकट पाउँदैनन् । समानुपातिक र समावेशीताको आधारमा मिलाएर जानुपर्छ । पार्टीभित्रको चुनावमा पनि समावेशीताको आधारमा हुन्छ ।’
उनले आज अवसर नपाउनेले भोलि पाउने भएकाले टिकट वितरण उचित मुल्यांकनको आधारमा हुने बताए ।


प्रतिक्रिया