तामाङ भाषा सिक्ने र सिकाउने एप्लिकेशन सफटवेर तयार हुँदै

तामाङ भाषा सिक्ने र सिकाउने एप्लिकेशन सफटवेर तयार हुँदै


ग्लोब नेपाल
486
Shares

काठमाडौं । तामाङ भाषा सिक्न र सिकाउन सक्ने एप्लिकेशन सप्टवेर (एप) को प्रवद्र्धनका लागि नेपाल तामाङ घेदुङले अपनत्व लिएको छ । सो एप निर्माण गरिरहेको संस्था इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसंग शुक्रबार घेदुङले प्रवद्र्धन गर्न आठबुँदे समझदारी गरेको छ ।

अपनत्वका लागि घेदुङसंग समझदारी

समझदारीमा इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिका संयोजक नवराज लामा र नेपाल तामाङ घेदुङको तर्फबाट महासचिव जगतमान लामा दोङले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, सहअध्यक्ष कुमारसिंह घिसिङ तथा इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसका सदस्य झलकमान तामाङ, सल्लाहकार कुमार यात्रु र कार्यक्रम सदस्य भीमबहादुर तामाङलगायतको उपस्थिति थियो ।

तामाङ भाषा बोल्न आवश्यक पर्ने आधारभूत शव्द र शव्दको वाक्य सहित तयार गरिने एप हालका लागि देवनागरी र अंग्रेजी लिपीमा तयार हुने छ । कालान्तरमा तामयीग लगायत अन्य लिपीमा पनि विस्तार गरिने कार्यक्रम संयोजक लामाले बताए । यो एप नेपाली र अंग्रेजीमा रुपान्तरण हुने गरी तयार हुनेछ । एपमा भाषा रुपान्तरणका साथमा सम्झिन सक्ने गरी खेल र चित्रहरु पनि राखिनेछ । इन्टरनेटको पहुँच भएकाहरुले यो एप प्रयोग गरी भाषा सिक्न सक्ने र सिकाउन पनि सकिने आयोजकहरुको दावी छ ।

तामाङ भाषा सिक्न खोज्ने भाषाप्रेमीलाई लषित गरि बनाईने यो एप्लिकेशन सप्टवेर हो । कम्प्युटर वा मोवाइलमा सजिलै डाउनलोड गर्न सक्ने यो एपको निर्माण कार्य हाल ६० प्रतिशत सकिएको संयोजक लामाले बताए । सो एप निर्माणमा भाषाविद् अमृत योञ्जन तामाङले शव्द संग्रह गरेका छन् भने काठमाडौ विश्वविद्यालयका सहप्राध्यापक डा. बालकृष्ण बलले मल्टिमिडिया र आइटीसम्बन्धी विज्ञता प्रयोग गरेका छन् ।

समझदारी आदानप्रदान कार्यक्रममा घेदुङका अध्यक्ष गोलेले एप निर्माणमा तामाङहरुको जातीय संस्था घेदुङले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसका संयोजक लामाले एप निर्माणको ऐतिहासिक काममा घेदुङले यसरी आफ्नो समुहको कामलाई अपनत्व तथा प्रवद्र्धनको लागि सहमति देखाएकोमा आभार व्यक्त गरेका छन् । महासचिव जगतमान दोङले पनि यो निकै सह्रानीय काम भएको र यसको सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

समझदारी पत्रमा यसको आर्थिक भार संस्थाले व्यहोर्ने र प्रबद्र्धन घेदुङले गर्ने लगायतका आठ बुँदा रहेको छ ।