भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको विजयी शुरुवात

भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको विजयी शुरुवात



काठमाडौं । इङल्याण्डले पहिलाे टेस्ट क्रिकेटमा भारतलाई हराएकाे छ । पहिलाे इनिङ्समा १ सय ९० रनले पछि परेकाे इङल्याण्डले भारतलाई २८ रनले हरायाे । याेसँगै इङल्याण्डले ५ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ ।

इङल्याण्डले दिएकाे २ सय ३१ रनकाे लक्ष्य पछ्याएकाे भारत चाैथाे दिनकाे चिया समयपछि २ सय २ रन बनाउँदा अल आउट भयाे । भारतका कप्तान राेहित शर्माले सबैभन्दा धेरै ३९ रन बनाए । इङल्याण्डका टम हार्ट्लीले ७ विकेट लिए ।

इङल्याण्डले दाेस्राे इनिङ्समा ४ सय २० रन बनाएकाे थियाे । इङल्याण्डका अली पाेपले १ सय ९६ रन बनाए । यस्तै बेन डकेट ४७ रन बनाएर आउट भए । भारतका जसप्रीत बुमराहले ४ र रविचन्द्रन अश्विनले ३ विकेट लिए ।

यसअघि हैदराबादमा टस जितेर ब्याटिङ गरेकाे इङल्याण्डले पहिलाे इनिङ्समा २ सय ४६ रन बनाएकाे इङल्याण्डका कप्तान बेन स्टाेक्सले ७० रन बनाए । भारतका रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले समान ३ विकेट लिए ।

भारतले पहिलाे इनिङ्समा ४ सय ३६ रन बनाएकाे थियाे । भारतका ३ जना खेलाडीले अर्धशतक बनाए । भारतका रविन्द्र जडेजाले ८७, केएल राहुलले ८६ र यशस्वी जयसवालले ८० रन बनाए । इङल्याण्डका जाेए रुटले ४ विकेट लिए ।

भारत र इङल्याण्डबीचकाे दाेस्राे टेस्ट फेब्रुअरी २ देखि विसाखापटनममा शुरु हुनेछ ।