काठमाडौं । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा बंगलादेशले नेपालको सामना गर्दैछ ।
नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाली समयअनुसार २ बज्न १५ मिनेट बाँकी रहँदा खेल सुरु हुनेछ । यु–१९ मा नेपाल र बंगलादेशबीच दुई पटक आमनेसामने भएका छन् । दुवैले एक–एक खेल जितेका छन् । सन् २००२ मा नेपाल २३ रनले विजयी भएको थियो भने सन् २०१६ मा नेपाल ६ विकेटले पराजित भएको थियो ।
नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।
नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।
नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो । आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
प्रतिक्रिया