काठमाडौं । अनिल साहले राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेसँगै लगातार दोस्रो खेलमा अर्ध शतक पूरा गरेका छन् ।
तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् । उनले ५१ बलमा ५० रन पूरा गरेका हुन् ।
अघिल्लो खेलमा उनले १९ बलमा अर्धशतक प्रहार गरेका थिए ।
उनले १५ ओभरमा अर्धशतक पूरा गर्दा नेपालले १ विकेटको क्षतिमा ८३ रन जोडेको छ ।
खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका छन् । हेलिङगरको बलमा बोल्ड हुनअघि उनले १४ बलमा ३ चौका प्रहार गरे। त्यतिबेला नेपालले ४.५ ओभरमा १ विकेटको क्षतिमा ४५ रन जोडेको थियो ।
खेलको दोस्रो ओभरको सुरुवाती चार बलमा अनिल साहले क्यानडाका उदय भगवानलाई लगातार चार चौका प्रहार गरेका थिए।
प्रतिक्रिया