नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका ललितनारायण राजवंशीले नै दोस्रो विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १३.१ ओभरमा दोस्रो विकेट गुमाएको हो ।

ललितले नामिबियाका माइकल भान लिन्गेनलाई अनिल साहबाट क्याच गराए । भान लिन्गेनले ३३ बलमा तीन चौकासहित २३ रन बनाए । यसअघि नेपालका लागि पहिलो विकेट पनि ललितले नै लिएका थिए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा नामिबियाले दुई विकेट गुमाएर ५६ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।